बिश्वकपमा आज ४ खेल हुँदै यस्तो छ आज हुने खेल सम्बन्धि सम्पूर्ण जानकारी !

असार २ काठमाडौं  समूह ‘ए’ र ‘बि’का खेलहरु पश्चात आज समूह ‘सी’ र ‘डि’ का खेलहरु खेलिंदै छन् ।उद्घाटन खेलमा रुसले साउदी अरेबियालाई ५-० ले पराजित गर्‍यो भने हिजो खेलिएको समूह ‘ए’ को खेलमा उरुग्वेले इजिप्टलाई १-० ले हराउन सफल रह्यो ।

त्यस्तै इरानले मरोक्कोलाई १-० ले हराउंदै महत्त्वपूर्ण ३ अंक हांसिल गरेको छ भने हिजो राति खेलिएको पोर्चुगल विरुद्ध स्पेनको रोमाञ्चक खेलमा यी दुई टोली ३-३ को स्कोरमा रोकिए जहां क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गर्न सफल भए । समूह चरणकै हिजो राति भएको खेल मा स्पेन र पोर्चुगलले ३/३ को बराबरीमा रोकिएको छ ।

आज विश्वकपका ४ खेल खेलिंदै छन् । ती खेल यी रहेका छन् :

पहिलो खेल – फ्रान्स विरुद्ध अष्ट्रेलिया – ३.४५ बजे

दोस्रो खेल – अर्जेन्टिना विरुद्ध अैसल्यान्ड – ६.४५ बजे

तेस्रो खेल – पेरु विरुद्ध डेनमार्क – ९.४५ बजे

चौथो खेल – क्रोएसिया विरुद्ध नाइजेरिया – १२.४५ बजे

 

शनि, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस