कसरी भयो राजधानी काठमाडाैँ लगायतका देशका बिभिन्न ठाउँमा हिलाेसहितकाे वर्षा !

काठमाडाैँ । राजधानी काठमाडाैँ लगायतका देशका बिभिन्न ठाउँमा गएराती हिलाेसहितकाे वर्षा भएकाे छ । काठमाडाैँ उपत्यकासहित बुटवल, भैरहवाका बिभिन्न ठाउँमा शुक्रकार राती धुलाे माटाे सहितकाे वर्षा भएकाे हाे । कतिपय ठाउँमा पानीकाे भन्दा धुलाेकाे मात्रा बढी भएकाे समेत पाइएकाे छ । वायुमण्डलमा धुलाेकाे मात्रा बढी भएका कारण यस्ताे वर्षा भएकाे माैषमबिदकाे भनार्इ छ ।

मौसम विज्ञान विभाग काठमाडौंले यस किसिमको पानी पश्चिम वायुको प्रभावका कारण भएको जनाएको छ । विभागले भारतीय आकाशमा राजस्थान आसपासको मरुभुमीमा अत्यधिक मात्रामा बिहिवारदेखि हावाहुरी चलेकोले आकासमा धुलो जम्मा भएका कारण पश्चिम नेपाल तथा मध्य नेपालका केहि भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको छ ।

 

शनि, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस