बिश्वकपमा अर्को रोमान्चक खेल पेरु बिरुद्द डेनमार्क, यसरी हेर्नुस लाईभ भिडियो !

काठमाडौं विश्वकप समूह ‘सी’ को दोस्रो खेल तथा आजको तेस्रो खेलमा दक्षिण अमेरिकी राष्ट्र पेरु र युरोपेली राष्ट्र डेनमार्क भिड्दै छन् ।

रक्षापंक्ति निकै बलियो रहेको डेनमार्कको गोलको मुख्य श्रोत क्रिस्टियन एरिक्सन रहेका छन् । छनोट चरणमा उनले ११ गोल पनि गरेका थिए । अर्को तर्फ, पेरु आफ्नो आक्रामक खेलका लागि चिनिन्छ र उसको कप्तान पाउलो गुरेरोको प्रतिबन्ध फुकुवा भएका कारण पेरुको मनोबल पनि उच्च रहेको छ । समूह ‘सी’ मा उपविजेता रहनका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ ।

प्रत्यक्ष प्रसारण

नेपाल टेलिभिजन, कान्तिपुर, एक्सन स्पोर्ट्स, सोनी टेन २

समय

यस खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ ।

हेर्नलायक खेलाडी

पाउलो गुरेरो (पेरु)
क्रिस्टियन एरिक्सन (डेनमार्क)

 

 

शनि, असार २, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस