यो हुन् बिश्वकप फुटबलमा आज हुने तीन महत्वपूर्ण खेल

सुनौलो नेपाल –  विश्वकप फुटबल अन्तर्गत आइतबार तीनवटा खेल हुँदैछ । पहिलो खेलमा समूह ई मा रहेको कोस्टारिकाले सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे समारामा रहेको समारा एरिनामा हुनेछ ।

यस्तै दोस्रो खेलमा साबिक विजेता जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ । समूह एफ अन्तर्गतको यो खेलमा नेपाली समय अनुसार राति पौने ९ बजे मस्कोमा रहेको लुज्निक रंगशालामा हुनेछ ।

यस्तै आजको अन्तिम खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले स्वीट्जरल्याण्डको सामना गर्नेछ । समूह ई अन्तर्गतको यो खेल रोस्तोभ एरिनामा नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस