उपाधि रक्षाको दौडमा रहेको जर्मनीको पहिलो तगारो मेक्सिको, यी खेलाडी जसले रोक्न सक्छन बिश्वबिजेतालाई !

विश्वकप समूह ‘ई’ को पहिलो खेलमा आज साविक विजेता जर्मनी मेक्सिकोसंग भिड्दै छ । लुज्निकी स्टेडियममा खेलिने सो खेल नेपाली समयअनुसार रातिको ८.४५ बजे सुरु हुने छ ।

जर्मनी र मेक्सिकोको इतिहास हेर्ने हो भने यो एक पक्षीय रहेको छ । पछिल्ला ३ भेटमा जर्मनीले तीनै पटक जित हांसिल गरेको छ । आज पनि सहज जितसंगै जर्मनी आफ्नो उपाधि रक्षा गर्ने अभियानको सुरुवात गर्ने छ ।

तर, पछिल्लो मैत्रीपूर्ण खेलमा आफ्नो पहिलो रोजाईको खेलाडीहरुलाई मैदानमा उतारे बावजुद जर्मनीले साउदी अरेबियालाई २-१ ले जितेको थियो, जसमा जर्मनीको प्रदर्शन सोचेभन्दा केही फितलो थियो । हिर्भिङ लोजानो, कार्लोस भेला र गियोभानी डस सान्टोससम्मिलित मेक्सिकोको अग्रपंक्ति पक्कै पनि चुनौतिका रुपमा प्रस्तुत हुने छन् ।

जर्मनीका लागि मेसुट ओजिल सामान्य घाइते रहेका थिए तर उनी यस खेलमा पुनरागमन गर्ने देखिएको छ । उनले अग्रपंक्तिमा मार्को रोयस, थोमस मुलर र युवा स्ट्राइकर टिमो वेर्नरलाई साथ दिने छन् ।

 

 

 

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस