भाग्यले साथ दिएका हरु: अरुण तेस्रो आयोजनाको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार !

संखुवासभा, ३ असार  संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।
संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले उनीहरुको आइतबार बिहान उद्दार गरिएको पुष्टि गरे ।
उनिहरुको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएका थिए । नुमको फ्याक्सिन्दामा निर्माण भइरहेको अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे पहिरो झरेको थियो ।
सुरुङमा पुरिएर कालिकोटको सिउना गाउपालिका ४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका १ का प्रेम परियार तथा भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर बेपत्ता भएका थिए ।

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस