कहिले आउँछ ‘एसईईको नतिजा ? परिक्षा नियन्त्रक कार्यालयले दियो यस्तो जानकारी !

३ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ ।परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले भने, ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं । असार १० गतेभित्रै रिजल्ट आउँछ ।’

प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रेग्मीले बताए । यसअघि प्राविधिक विषयहरुको नतिजा ढिला प्रकाशित हुन्थ्यो । प्राविधिकअन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

 

 

 

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस