ब्राजिल र ब्राजिलका स्टार नेयमारका फ्यानलाई दुखद समाचार स्विट्जरल्याण्ड विरुद्धको खेलका लागी नेयमार फिट नरहेको खुलासा !

काठमाडौं । विश्वकप अन्तर्गत आजराती हुने स्विट्जरल्याण्ड विरुद्धको खेलका लागी नेयमार पूर्ण रुपमा फिट नभएको प्रशिक्षक टिटेले बताएका छन् ।

रोस्टोभ एरिनामा समूह ‘ई’ अन्तर्गतको खेलमा ब्राजिल र स्विट्जरल्याण्ड आमने—सामने हुदैछन् । प्रशिक्षक टिटेले स्टार खेलाडी नेयमार १०० प्रतिशत फिट नभएको जानकारी दिएका हुन् । नेयमार खेल खेल्न तयार भएपनि अपेक्षा गरेको जति उनले खेल प्रर्दशन गर्न सक्ला वा नसक्ला त्यो भने आजको खेलका दौरान थाहा हुने पनि प्रशिक्षकले बताए ।

नेयमारले चोटका कारण पेरिस सेन्ट जर्मेनका सिजनको अन्तिम चरणका खेलहरु पनि गुमाएका थिए । तर, अभ्यास खेल खेल्दै विश्वकपको तयारीमा जुटेका थिए । आफ्नो टिम बलियो रहेको र खेल्ने आफ्नो शैली फरक रहेको भन्दै प्रशिक्षक टिटेले ब्राजिल उपाधिको दावेदार रहेको समेत जानकारी दिए ।

 

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस