दुर्घटनाबाट बालबाल बच्यो यति एयरको जहाज !

काठमाडौंबाट पोखरा आएको यति एयरको एएचयू–६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि आइतबार पोखरा विमानस्थलको रनवेभन्दा बाहिर गएको छ ।

दिउँसो २ : ४५ बजे अवतरणपछि पार्किङमा ल्याउने क्रममा जहाज रनवेभन्दा बाहिर गएपनि यात्रु र चालक दलका सबै सकुशल छन्।

विमानमा ३० यात्रु र चालक दलका तीनजना थिए। ‘पार्किङमा ल्याउँदै गर्दा हाइड्रोलिक फेल भएछ,’ पोखरा विमानस्थलका प्रवक्ता काशीनाथ पौडेलले भने, ‘कुनै क्षति वा दुर्घटना भएको होइन। जहाजले एयरपोर्टमा अरु कसैलाई बाधा पनि पारेको छैन।’

अवतरणका क्रममा हाइड्रोलिकले काम नगरेपछि रनवे बाहिर पुगेर रोकिएको जहाजबाट यात्रु र चालक दलकासबै सदस्य बाहिर निस्किसकेको उनले बताए।

यति एयरले प्राविधिक टोली बोलाएकाले त्यसकै प्रतीक्षामा रहेको विमानस्थलले जनाएको छ।

 

आइत, असार ३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस