प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे आज दुवै सदनलाई जानकारी दिने

काठमाडौँः  प्रधानमन्त्री केपी शर्मा ओलीले असार ५ गते अर्थात भोली देखी  हुन लागेको चीन भ्रमणबारे आज संघीय संसद्का दुबै सदनलाई जानकारी दिने भएका छन्।

भ्रमणका एजेण्डा तथा प्राथमिकताका विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिन लागेका हुन्। राज्यको प्रतिनिधित्व गरेर विदेश जाँदा संसद् अधिवेशन चलिरहेको अवस्थामा भ्रमणबारे जानकारी दिने संसदीय अभ्यास रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा र राष्ट्रियसभाका फरक फरक बैठकमा सम्बोधन गर्नेछन्।

प्रधानमन्त्रीले राष्ट्रियसभामा दिउँसो २ बजे सम्बोधन गर्नेछन्। यस्तै, प्रतिनिधिसभामा ४ बजे सम्बोधन गर्नेछन्।

सरकारले प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा औपचारिक रुपमा सार्वजनिक गरेको छैन।

तर, अनौपचारिक रुपमा भने एजेण्डा तय भएका छन्। भ्रमणमा केरुङ काठमाडौँ रेल सञ्चालनको मोडालिटी, विभिन्न सातवटा नाकासम्म पुग्ने पक्की सडक लगायतका विषयलाई नेपालले प्राथमिकता दिने तयारी गरेको छ।

सोम, असार ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस