राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना कार्यकाल ६ वर्ष, अर्थमन्त्री र गृहमन्त्री कसको कार्यकाल कति ?

४ असार, काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । यस्तै अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको भएको छ गृहमन्त्री रामबहादुर थापा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाकाे पदावधि छ वर्ष भएकाे छ ।

राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहाललाई पनि ४ वर्षको चिठ्ठा परेको छ।

त्यस्तै गायिकासमेत रहेकी राष्ट्रिय सभा सदस्य कोमल वली ४ वर्ष राष्ट्रिय सभा सदस्य हुने भएकी छन्।वलीले तानेको गोलामा कार्यकाल ४ वर्षको लेखिएको छ।संविधान अनुसार राष्ट्रिय सभाका एक तिहाई सदस्यको संख्या २ वर्ष, अर्को एक तिहाईको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि हुनेछ। उनीहरूको पदावधी गोलाप्रथाबाट टुङ्गो लगाउने व्यवस्था संविधानमा गरिएको छ।राष्ट्रियसभाको नियमावली मस्यौदा समितिले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्टै गोलाप्रथा गर्ने सहमति जुटाएको हो।

 

 

सोम, असार ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस