चिठ्ठाले पनि ठग्यो नेपाली काँग्रेसलाई दुई वर्ष पछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना मात्रै !

असार ४ काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने १३ सांसदमध्ये ७ जनाको पदावधि २ वर्ष कायम भएको छ।सोमबार राष्ट्रियसभामा भएको गोलाप्रथामा कांग्रेसका आधाभन्दा बढी सांसदको पदावधि जम्मा २ वर्ष मात्र कायम भएको हो।

त्यसैगरी राष्ट्रिसभाका दलका नेता सुरेन्द्र पाण्डेसहितका ७ सांसदलाई २ वर्षे कार्यकालको चिठ्ठा परेको हो। अन्य २ सांसदको अवधि ४ वर्षे भएको छ।

२ सांसदलाई चार वर्ष र बाँकी ४ सांसदलाई ६ वर्षे कार्यकालको चिठ्ठा परेको छ ।

राष्ट्रियसभामा हरेक दुई वर्षमा कार्यकाल सकिएका सांसदको पदमा चुनाव हुनेछ । तर, सबै चुनावमा हार पक्का जस्तै छ ।

किनकी एकल संक्रमणीय प्रणालीबाट चुनिएर आएका महिला र खुला सदस्यतर्फका सांसदहरुको कार्यकाल सकिएपछि पनि बहुमतीय आधारमा नै चुनाव हुनेछ ।

दलित र अपाङ्ग तथा अल्पसंख्यक सांसदको चुनाव भने बहुमतीय प्रक्रियाबाटै भएको हो । यसरी हेर्दा दुई वर्षपछि ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसका ६ जना सांसद मात्र हुनेछन् भने चार वर्षपछि चार जना मात्र रहने अवस्था आउनेछ ।

७ जनालाई २ वर्षे कार्यकाल परेपछि सांसद वद्री पाण्डेले कांग्रेसलाई चिठ्ठाले पनि ठगेको प्रतिक्रिया दिए ।

 

सोम, असार ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस