अन्तत रहेनन् अब्बल डाक्टर उपेन्द्र देवकोटा

काठमाडौं- वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको सोमबार साँझ ५:३५ बजे वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। डा. देवकोटाका आफन्त काँशिराज घिमिरेले डा. देवकोटाको निधन भएको बताए।

बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो। त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो।

नेपाल फर्किएदेखि नै देवकोटाको उपचारमा विभिन्न अस्पतालका विशेषज्ञहरु संलग्न थिए। चिकित्सकका अनुसार पछिल्लो समय उनको क्यान्सर फोक्सभर फैलिइसकेको थियो। त्यसकै विशाक्त असरका कारण मृगौलाले पनि काम गर्न छोडेको थियो। पछिल्लो केही दिनदेखि भने क्यान्सरका कडा औषधि बन्द गरेर उनलाई सहज हुने औषधि मात्र दिइएको थियो।

सोम, असार ४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस