विश्वकप फुटवलः उरुग्वेसँगको खेलका लागि साउदीका खेलाडी सवार बिमानमा आगलागी !

५ असार काठमाडौँ । रुसमा जारी विश्वकप फुटवल प्रतियोगितामा सहभागी साउदी अरेबियाका खेलाडी सवार विमानमा आगलागी भएको छ ।

विश्वकप फुटबल अन्तर्गत उरुग्वेसँगको खेलका लागि रुसको शहर रोस्तोभ–अन–डोन जाँदै गरेका विमानमा आगलागी भएको हो । विमानमा खेलाडी तथा खेल पदाधिकारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

विमानको इन्जिनमा आगलागी भएपनि सबै सुरक्षित रहेको बताइएको छ । आफ्ना सबै खेलाडी र खेल पदाधिकारी सुरक्षित रहेको साउदी अरेबियाले जनाएको छ । विमानमा लागेको आगलागीलाई साउदीले सानो दुर्घटना भएको बताएको छ ।

विमानमा लागेको अागोबाट कसैलाई केही नभएकोले साउदी अरेबियाले बुधबार आफ्नो दोस्रो खेलमा उरुग्वेसँग खेल्नेछ । समूह ‘ए’ मा रहेको साउदी अरेबिया उघटन खेलमा आयोजक रुससँग पराजित भएको थियो ।

मङ्ल, असार ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस