किन दिईयो काठमाडौँ महानगरपालिकालाई घाँस उपहार ?

५ असार, काठमाडौं । काठमाडौंका स्थानीय बासिन्दासहित सम्पदाप्रेमीले काठमाडौं महानगरपालिकालाई ‘घाँस’ उपहार दिएका छन् । पुरातात्विक रानीपोखरीको पुननिर्माणलाई बेवास्ता गर्दै झाडी नै झाडी भएको ‘चौर’ मा परिणत गरेको भन्दै विहान सम्पदाप्रेमीले महानगरलाई रानीपोखरीमा सप्रिएको घाँस उपहार दिएका हुन् ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई ज्ञापनपत्रसहित ‘घाँस’ बुझाउँदै सम्पदाविद्, स्थानीय र सम्पदाप्रेमीको टोलीले रानीपोखरीलाई विज्ञ समूहको सिफरिस अनुरुप मल्लकालीन शैलीमा नै निर्माण गर्न माग गरेका छन् । मेयर विद्यासुन्दर शाक्य हाल प्रधानमन्त्रीसँगै चीन भ्रमणमा छन् ।

उनीहरुले रानीपोखरीको पुनर्निर्माणमा ढिलाई तथा हेलचेक्र्याइँ गरेर महानगरले सम्पदाको महत्वलाई चरम बेवास्ता गरेको आरोप लगाउँदै सांकेतिक रुपमा घाँस उपहार दिएका हुन् ।

ज्ञापनपत्र

मङ्ल, असार ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस