यसरी डुबाउदै छन सरकारी स्वामित्वको साझा प्रकाशन डोलेन्द्र प्रसाद शर्माले (भिडियो सहित) !

साझा प्रकाशनमा एकपछि अर्को अनियमितताको नयाँ विषय सार्वजनिक हुन थालेका छन्। साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले यसरी अनियमितता गरेको पोल खुल्दै गएको छ।

स्रोतका अनुसार आफूखुसी जागिर खुवाएका नयाँ कर्मचारीको आडमा उनले मनपरी गर्न थालेका हुन्। यहाँसम्म कि आफू संलग्न रहेको अल्पाइन पब्लिकेसनको प्रेस ल्याएर स्थापना गर्दै सबैलाई झुक्याउन सफल भएका छन्। छापाखानाभित्र विना टेन्डर प्रेस ल्याएर राखिएको छ। सात सदस्यीय सञ्चालक समितिको निर्णयबिना नै जनकको पाठइ्पुस्तक छपाइ गर्न भन्दै अल्पाइनबाट थोत्रो वेब प्रेस मेसिन ल्याएर राखिएको हो।

गत फागुनमा कसैलाई जानकारी नै नदिई मेसिन राखेका अध्यक्षले सबै सञ्चालकलाई पंगु बनाएका छन्। उनले सो प्रेसबाट जनकको किताब छपाइ गरी आफैले कमिसन लिएका थिए।

भिडियो

 

मङ्ल, असार ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस