छोरीहरुले बोकेर पुर्याए डा.उपेन्द्र देवकोटालाई विद्युतीय शवदाह गृह !

काठमाडौँ — दक्षिण एसियाकै अब्बल स्नायु चिकित्सक विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार दिउँसो पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अत्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई छोरीहरुले बोकेका थिए ।

सोमबार साँझ निधन भएका डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागबत्ती दिएपछि अन्त्यष्टि गरिएको हो। देवकोटाको विद्युतीय माध्यामबाट शवदाह गरिएको छ।

अन्त्यष्टिका क्रममा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पणसहित देवकोटाको अन्तिम विदाई गरेको थियो। देवकोटा निवास हेपाली हाईटमा पत्नी डा. मधु देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले काजकीरिया गर्नेछन्। काजकीरिया ७ दिनमा सम्पन्न हुने अस्पतालले जनाएको छ।

 

मङ्ल, असार ५, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस