जिल्ला सभापतिलाई गगन थापा र धनराज गुरुङ लगाएत नेताको पत्र ”अहिलेकै नेतृत्वले अर्को चुनाब पनि जित्न सकिदैन” !

६ असार, काठमाडौं । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व परिवर्तनको आवश्यकता औंल्याइएको छ ।

हेर्नुहोस् ८ केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई लेखेको पत्र

बुध, असार ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस