३८ क्विन्टल सुन तस्करी प्रकरण: पक्राउ परे अर्का ब्यापारी विमल पोद्दार !

६ असार काठमाडौँ, ३ हजार ८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि व्यवसायी दीपक मल्हाेत्राका साझेदार विमल पोद्दारलाई सरकारी अधिकारीले नियन्त्रणमा लिएका छन्।सरकारले गृहका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा बनाएको अनुसन्धान टोलीले हुण्डी व्यवसायीका रुपमा कुख्यात रहेका पोद्दारलाई मंगलबार नियन्त्रणमा लिएको हो।

समितीले पोद्दारसँग सोधपुछ गरिरहेको छ। काठमाडौंका केही प्रतिष्ठित व्यवसायीका अदृश्य साझेदार रहेका पोद्दार यसअघि समेत विदेशी मुद्रा र सुन तस्करी प्रकरणमा जाेडिँदै अाएका थिए। उनी पहिलो पटक पक्राउ परेका हुन्।

समिति स्राेतकाअनुसार अनुसन्धानमा तानिएका पाेद्दारसँग साेधपुछ भइरहेकाे हाे। बुधबार साँझसम्म पाेद्दारबिरुद्ध थप अनुसन्धानका लागि म्याद लिने तयारी गरिएकाे छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २०६९ मा विदेश जान लागेको १ करोड २४ लाख विदेशी मुद्रा बरामद भएपछि सो काण्डमा मुछिएका पोद्दार त्यसबेला जोगिन सफल भएका थिए। प्रहरीका बहालवाला एसएसपी रबिराज श्रेष्ठ बर्खास्त भएको सो घटनामा पक्राउ परेका असई हिराकाजी कुमालले पोद्दारकाे धन्दाबारे खुलाएका थिए। तर त्यतिबेला उनी पक्राउ परेनन्।

कुमालले तत्कालीन विमानस्थल प्रमुख रहेका डिआईजी विज्ञानराज शर्मासहितका प्रहरी अधिकारीको सम्पर्क पोद्दारसँग रहेको र उनीमार्फत विदेशी मुद्रा बाहिर जाने र सुन भित्रने खुलासा गरेका थिए। सो घटना सेलाउदासम्म भाग्दै हिडेका पोद्दार गिरफ्तारीले सुन तस्करीको संगठित अपराध सञ्जालमा रहेका प्रहरी अधिकारी र व्यापारी अनुसन्धानमा तानिने सम्भावना बढेको छ।

 

 

बुध, असार ६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस