अर्जेन्टिना खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन खोजेको भन्ने हल्ला चलेपछि….

असार ९ काठमाडौँ क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ।

‘यो विल्कुल गलत हो,’ अर्जेन्टिनी फुटबल समूहका अधिकारीले भने, ‘खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्।’

बिहीबारको खेलपछि अर्जेन्टिनाका स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक र प्रशिक्षण समूहका अन्य सदस्यबीच तनाब बढेको र खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेको भन्ने समाचारहरू बाहिरिएका थिए।

 

शनि, असार ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस