सार्वजनिक भयो एसर्इर्इ नतिजा, यसरी हेर्नुहोस नतिजा

भक्तपुर : माध्यमिक शिक्षा परीक्षा (एसर्इर्इ) को नतिजा सार्वजनिक भएको छ । शनिबार परीक्षा बोर्डको बैठक पछी नतिजा सार्वजनिक भएको हो ।

एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ।

गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए। पूर्ण विवरण केहीबेरमा

शनि, असार ९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस