यी हुन विश्वकप फुटबलमा आज हुने तीन खेल: इङ्ल्यान्डलाई पानामाको कडा चुनौती !

काठमाडौं, १० असार । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह जी का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन् ।

इङ्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पानामा बेल्जियमसँग हारेको थियो । आजै बेलुकी पौने ९ बजे एकातेरीन्वर्ग एरिनामा जापान र सेनेगल भिड्नेछन् । पहिलो खेल जितेका यी दुई टोलीबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

जापानले पहिलो खेलमा कोलम्बियालाई तथा सेनेगलले पोल्याण्डलाई हराएका थिए । आजको अन्तिम खेलमा राति पौने १२ बजे पोल्याण्ड र कोलम्बिया भिड्नेछन् ।

काजान एरिनामा हुने यो खेलमा विजयी हुने टोलीको अर्को चरणमा पुग्ने सम्भावना जिवित रहनेछ । आज पराजित हुने टोली भने समूह चरणबाटै घर फर्किनेछ ।

 

आइत, असार १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस