औषधि व्यावसायी संघ चितवनको स्थापना दिवसको अवसरमा गर्यो बालिकालाई सहयोग

आशा खरेल/चितवन – नेपाल औषधि व्यावसायि संघले आफ्नो ४५ औं स्थापना दिवस देवघाटमा रहेको रामजानकी बालिका आश्रममा रहेका करिब ४० जना बालिकाहरुलाइ आर्थिक सहयोग गरि मनाएको छ । सप्ताहब्यापी कार्यक्रम अन्तर्गत संघले यसअगाडी दुर्ब्यसनी विरुद्ध पनि सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।

कार्यक्रममा बोल्ने बत्ताले स्थापना दिवसको अवसरमा पुण्य काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
आश्रमकि संरक्षक साबितृ टन्डनले पनि यस्ता किसिमका सहयोगले आफुहरुलाइ संस्था संचालन गर्न र बालिकाको भबिस्य उज्ज्वल बनाउनका लागी ठूलो सहयोग पुग्ने बताउनुभयो । आश्रममा अध्ययन गर्ने बालिकाहरुले पनि यस्ता किसिमका सहयोगले आफुहरुलाई हौसला मिलेको बताएका थिए ।

कार्यक्रमको अध्यक्षता संघका चितवन उपशाखाका अध्यक्ष बद्री प्रसाद खनालले गर्नुभएको थियो भने सहजीकरण नेपाल औसधि ब्यबसायी महासंघ नारायणी अञ्चल शाखाका पुर्ब उपाध्यक्ष तथा चितवन उपशाखाका सल्लाहकार गोबिन्द प्रसाद पौडेलले गर्नुभएको थियो । कार्यक्रममा चितवन उपशाखाका निबर्तमान शिव पन्डित,उपाध्यक्ष ईश्वर कुमार भन्डारी,महासचिव बिनोद तिमिल्सिना,सचिव लक्ष्मीलाल श्रेष्ठ ,कोसादयक्ष धर्बिन्द्र बन,सह कोसादयक्ष रामहरी लम्साल ,सदस्यहरू बिष्णु पौडेल ,हरि ढकाल,रुद्र सापकोटा ,मिलन बास्तोला लगायतको तथा चितवनका औसधि व्यावसायिहरुको उपस्तिथिती रहेको थियो ।

आइत, असार १०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस