बनेपाबाट दुखद खबर १२ जना यात्रु बोकेको मिनि ट्रकमा आगो लागेपछि…..

काठमाडौं । काभ्रेको बनेपामा मिनि ट्रक दुर्घटना भएको छ ।१२ जना यात्रु सवार मिनी ट्रक बनेपा–५ रबिओपीमा दुर्घटना भएर आगो लागेको छ । देवीटारबाट बनेपा तर्फ जाँदै गरेको बा ४ ख ३४१२ नम्बरको मिनि ट्रकमा आगो लागेको हो ।

 

सो मिनी ट्रक सडकबाट करिब ३० मिटर तल खसेको छ । घटनाको बिस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।

 

 

सोम, असार ११, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस