प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका उपलब्धीबारे आज संसदमा जानकारी गराउंदै

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

हिजो नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची रहेपनि विशेष कारणबश हुन सकेन । आजको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे जानकारी गराउनु हुनेछ । चीन भ्रमण उपलव्धिमुलक भएको दाबी गर्नुभएका प्रधानमन्त्री ओलीले सांसदहरुको जिज्ञासा सम्बोधन गर्ने बताइएको छ ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसदले मन्त्रालयगत छलफलमा असन्तुष्टि जनाएका थिए । साे बैठकमा काँग्रेस सांसदले मन्त्रालयलाई छुटाएको रकममा सरकारले विभेदकारी नीति लिएको आरोप लगाएका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत विनियोजित बजेट र योजनामा सरकारले सर्वत्र देखिने गरि विभेद गरेको काँग्रेसको टिप्पणी थियो । काँग्रेस सांसद ज्ञानकुमारी छन्त्यालले नवनिर्माणका सवालमा रेलमार्ग र पानी जहाजको कुरा गर्ने सरकारले ग्रामीण क्षेत्रको सामान्य पूर्वाधारका कार्यक्रममा ध्यान नदिएको आक्रोश पोख्नुभयो ।

त्यसैगरी सांसद संजयकुमार गौतमले बजेट विनियोजनमा सरकारले सत्तापक्षका सांसदको जिल्ला र क्षेत्रलाई मात्रै प्राथमिकता दिएको आरोप लगाउनुभयो । प्रतिपक्षले बजेटलाई लिएर टिकाटिप्पणी गर्दा सत्तापक्षले समेत बजेटमाथि असन्तुष्टि जनाएका छन् ।

मङ्ल, असार १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस