सशस्त्रका एसपीले सडकमै पाईन्ट खोलेर यस्तो लफडा …..

काठमाडौं, १२ असार । सशस्त्र प्रहरी बलका उपरिक्षक गोपाल गुरुङका कारण मध्यरातमा काठमाडौं बौद्धको बीच सडकमै लफ्डा गरेका छन् ।

मध्यरातमा उनी नेतृत्वमा रहेको तीन चार जनाको समूहले हो–हल्ला गर्दै बीच सडकमै पिसाब गरेपछि स्थानीयहरुले उनीहरुको गलत हर्कतको निन्दा गर्दै लखेटाका थिए ।

स्रोतका अनुसार उक्त समूहले मदिरा सेवन गरेर मध्यरातमा सडकको बीचमा बसेर होहल्ला मच्चाएको थियो । स्थानीयवासीले समातेर बौद्ध प्रहरीलाई खबर गरेको थियो ।

खबर लगत्तै प्रहरी उक्त स्थानमा पुगेको थियो । नियन्त्रणमा लिएर बुझ्दाखेरि त उक्त समूहका नाईके नै सशस्त्रका एसपी रहेको खुलासा भएको थियो । परिचय पत्रको फोटोकपी राखेर बौद्ध प्रहरीले उनीहरुलाई छोडिदिएको छ ।

 

मङ्ल, असार १२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस