मन्त्रालयबाटै गायब भए १५१ थान कम्युटर

काठमाडौं । वन तथा वातावरण मन्त्रालयबाट १८५ थान कम्युटर गायब भएका छन् ।

वनमन्त्री शक्ति बस्नेतले सचिव विश्वनाथ ओलीलाई ती गायब कम्युटर खोज्न निर्देशन दिइएको समाचार  आजको जनआस्था साप्ताहिकमा प्रकाशित  भएको छ  ।

समाचारमा जनाइए अनुसार मन्त्री बस्नेतले सचिव ओलीसँग कि त चोर पक्रनु, या बदमासी कर्मचारीलाई हत्कडी लगाउन निर्देशन दिएका छन् ।

कम्युटर कसरी गायब भए भन्ने पनि रमाइलो किस्सा रहेको छ । सुरुमा मन्त्री बस्नेतले आफ्नो टेबलमा कम्युटर राख्न भने तर, दुई महिनासम्म पनि उनको टेबलमा कम्युटर पुगेन् ।

त्यसपछि मन्त्रीले कम्युटरको विवरण मगाए । सचिवले स्टोरकिपरसँग मागे । उनले पेस गरेको विवरणमा १८५ थान कम्युटर खरिद गरिएको र कहाँ छन् भन्ने यकिन नभएको पाइएको हो ।

बुध, असार १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस