गाउँपालिकाका कार्यकारी अधिकृतलाई भ्रष्टाचारको आरोपमा कालोमोसो दलियो !

१३ असार बझाङ । नेपाल कम्युनिस्ट पार्टीले जिल्लामा एक अधिकृतलाई कालोमोसो दलेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको चामल यार्सा गुम्बा टिप्नेलाई बेचेकोले नेकपाले कालोमोसो दलेको हो ।

जोशीले सोही गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट अाएको रुपैयाँ हिसाब नदेखाएको छ ।

 

त्यसैगरी कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी गरेको छ । नेकपाले गठन गरेको जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेकोले चेतावनी स्वरुप कालोमोसो दलेको बताए ।

 

 

बुध, असार १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस