उपसभामुखले ‘कानुनमन्त्री शेरबहादुर देउवा’ भनेपछि संसदमा यस्तो बबाल !

प्रतिनिधि सभाको बुधबारको बैठकमा उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले ‘कानुनमन्त्री शेरबहादुर देउवा’ भनी सम्बोधन गरेपछि संसदमा हाँसो फैलिएको छ।

मन्त्रालयगत शीर्षकमा छुट्टयाइएको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधि सभामा उपस्थित वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको तर्फबाट कानुन मन्त्री शेरबहादुर तामाङले स्पष्टीकरण दिने तयारी थियो।

सोही क्रममा उपसभामुखले मन्त्री तामाङलाई बोलाउँदा शेरबहादुर ‘देउवा’ उच्चारण गरेकी हुन्।

उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री श्री शेरबहादुर देउवालाई स्पष्टिकरणको लागि आग्रह गरिन्छ।’ त्यसपछि संसदमा हाँसो फैलिएको थियो। पछि उपसभामुखले सच्याएर शेरबहादुर तामाङ भनेकी थिइन्।

 

बुध, असार १३, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस