निगममा थपियो अर्को जहाज, काठमाडौँमा अवतरण गर्दा भब्य स्वागत

काठमाडौं : नेपाल वायुसेवा निगमले खरिद गरेको २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज नेपाल आइपुगेको छ।

ए ३३० सिरिजको एअरबस कम्पनीको यो जहाज  फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि  बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वगात गरीएको थियो ।

निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज आइपुगेको हो। २०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो।

विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो।

 

बिहि, असार १४, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस