असार २९ देखी प्रदर्शन हुदै ‘यो पागल मन’ पोष्टर सार्वजनिक , फिल्मवारे यसो भन्छन नायक र निर्देशक

चलचित्र ‘यो पागल मन’ को पोष्टर सार्बजनिक गरिएको छ । ३वटा फरक पोस्टरमा बिनोद न्यौपाने र रिचा सिंह ठकुरी र गौरी मल्ल राजेश ढुंगाना लाई देखाईएको छ।

लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी,गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी,बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् ।

फिल्मबारे यसो भन्छन निर्देशक र नायक

कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेको यस चलचित्र अनिल गौतमको सम्पादन रहेको छ । चलचित्रलाई भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।

असार २९ गते चलचित्र प्रदर्शन हुनेक्रममा छ।

 

शनि, असार १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस