ग्रान्डी हस्पिटलको छतमा हेलिकोप्टर दुर्घटना

काठमाडौं– टोखास्थित ग्रान्डी अस्पतालको छतबाट हेलिकोप्टर खसेको छ। शनिबार दिउँसो बिरामी ल्याएर छतमा अवतरण गरेको सीम्रिक एयरको हेलिकोप्टर खसेको हो।

हेलिप्याडको छेउमा हेलिकोप्टर रोकिएकाले खसेको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति नभएको र घटनाको थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी भेषराज रिजालले बताए।

हेलिकोप्टर हेलिप्याडबाट एक तलामुनिको छतमा खसेको थियो।

शनि, असार १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस