फ्रान्स र अर्जेन्टिनाको रोचक भिडन्त, डी मारियाले फर्काए फ्रान्सलाई गोल

विश्वकपको नकअाउट चरणको जारी पहिलो खेलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध बराबरी गोल फर्काएको छ। एन्जल डी मारियाले ४१ अौं मिनेटमा अर्जेन्टिनाबाट बराबरी गोल फर्काएका हुन्।

एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै डीमारियाले गोल गरेका थिए।

त्यसअघि ११ अौं मिनेटमा क्यालियन मबाप्पेलार्इ मार्कोस रोजोले डी बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा एन्टियानो ग्रिजम्यानले गोल गरेका थिए।

योसँग पहिलो हाफ बराबरीमा सकिएको छ।

खेलमा जित हात पार्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पराजित हुने टोली विश्वकपबाट बाहिरिनेछ।

शनि, असार १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस