काठमाडौँ घुम्न आएकी बलिउड अभिनेत्री चावलाले काठमाडौँको फोहोर प्रति गरिन यस्तो कडा व्यंग्य

सुनौलो नेपाल – बलिउड अभिनेत्री जुही चावला नेपालको धुलो धुवा अस्तव्यस्त ट्राफिक व्यवस्थालाई व्यंग्य गर्दै कडा ट्वीट गरेकी छन् ।

सन् १९८४ कि मिस इन्डिया समेत रहेकी अभिनेत्री जुही चावलाले नेपाल घुम्न आएको बेला नेपालको अस्तव्यस्ततालाई ब्यङ्ग गर्दै मुख छोपी बसेका उनका चार आफन्तको फोटो सहित लेखेकी छन् हामी काठमाडौँमा कार प्रखाईमा छौ धेरै धुलो, धेरै ट्राफिक, हावामा पुरै डीजल र पेट्रोलको गन्ध हामी हाम्रो मुख बन्द गर्न बाध्य छौ यहाँका मानीसहरु पुरै मास्क लगायर हिड्ने रहेछन ।

बलिउडकि चर्चित अभिनेत्री रहेकी चावलालाई ट्वीटरमा ४ मिलियन बढीलेले फ्लो गरीरहेका छन् अहिलेसम्म उनको ट्वीटलाई ३६६ बढीले री- ट्वीट दुई हजार बढीले लाईक गरेका छन् काठमाडौँको वास्तविकता नै उजागर गरेको उनको ट्वीटलाई केहि नेपालीलाई नै सत्य बोलेको भन्दै समर्थन गरेका छन् ।

नेपाल भ्रमण बर्ष २०२० मनाउन लागेको सरकार प्रति लक्षित गर्दै धेरैले यसलाई तुरुन्त सुधार गर्न भन्दै पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाई मेन्सन गरेका छन् ।

चावलाले लेखेको सत्यलाई कसैले नकार्न सक्दैन यसमा सरकार गम्भीर बन्नुपर्ने धेरैको सुझाव छ ।

यस्तो छ उनको ट्वीट

शनि, असार १६, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस