अर्जेन्टीना पछी पोर्चुगल पनि घर फर्कियो, उरुग्वे क्वाटरफाइनलमा

काठमाडौं (एजेन्सी)– इडिन्सन काभानीको निर्णायक दुई गोलको सहयोगले युरो विजेता पोर्चुगललाई २–१ ले पराजित गर्दै उरुग्वे विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ।

शनिवार मध्यराती सम्पन्न खेलमा काभानीले पहिलो हाफको ७ र दोस्रो हाफको ६२ मिनेटमा गोल गर्दै दुई पल्टको पूर्व च्याम्पियन उरुग्वेलाई अन्तिम आठमा प्रवेश गराउन महत्वपूर्ण योगदान गरे।

पहिलो हाफमा एक गोलले पछाडि परेको उरुग्वेविरूद्ध ५५ मिनेटमा पेपेले बराबरी गोल गरेका थिए। तर, त्यसको ७ मिनेट भित्रै काभानीले अर्को गोल फर्काएर आफ्नो टोलीको जित सुनिश्चत पारे।

काभानीको विश्वकपमा यो तेस्रो गोल थियो। उनले पहिलो गोल लुइस सुआरेजको क्रसमा गरेका थिए। अर्को गोल कर्ली भलीमा गरेका थिए।
पोर्चुगाली कप्तान क्रिस्टियानो रोनाल्डो गोल गर्नबाट चुके। पराजयसँगै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएको छ।

आइत, असार १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस