निरन्तर घट्दै सुनको मूल्य, कति छ आज बजारमा प्रति तोला हेर्नुहोस

काठमाडौं – यो महिना सुनको मूल्यमा लगातार गिरावट आएको छ। दुई हप्ताको अवधिमा प्रतितोला छापावाल सुनको मूल्य एक हजार पाँच सय रुपैपाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अभिलेख अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ । असारको पहिलो दिन उक्त सुन प्रतितोला ५९ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसपछि लगातार घट्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि स्थानीय बजारमा पनि घटेको हो । अन्य क्षेत्र मजबुत हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको महासंघले जनाएको छ । अमेरिका लगायत अन्तर्राष्ट्रिय बजारमा अन्य क्षेत्र मजबुत हँुदा सुनको लगानीमा आकर्षण घटेको छ।

आइत, असार १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस