नारायणगढ मुग्लिन सडकखण्डमा यात्रा गर्ने योजनामा हुनुहुन्छ ? एसएमएस गरि जानकारी लिएर मात्र गर्नुस यात्रा !

१७ असार, काठमाडौं । अब नारायणगढ–मुग्लिन सडकखण्डमा सडक अबरुद्ध भए/नभएको सूचना एसएमएसबाटै पाइने भएको छ ।

महानगरीय ट्राफिक महाशाखाले सडकको स्थितिबारे जानकारी दिने उद्देश्यले एसएमएस सेवा सुरु गरेको हो ।

महाशाखाका अनुसार nmt टाइप गरेर 34848 मा पठाए सडकको स्थितिको बारेमा सूचना सर्वसाधारणले प्राप्त गर्नेछन् ।

‘यो सडकखण्डमा पटकपटक पहिरो गएर सडक अबरुद्ध भइ सर्वसाधारणले दुःख पाउने गरेको हुँदा नारायणगढदेखि मौवा खोलासम्मको ताजा अपडेट लागि यो सेवा सुरु गरेको हौं’, महाशाखाले भनेको छ ।

 

आइत, असार १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस