नराम्रोसंग पछारियो स्पेन, स्पेन सामु आयोजक रसियाको ऐतिहासिक जित

एजेन्सी । आयोजक रसिया ऐतिहासिक जितसहित विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । रसियाले पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पहिलो पटक पुगेको हो ।

पेनाल्टी सुटआउटमा रसियाका लागि फेडर स्मोलोभ, सर्जिइ इग्नशेभिक, एलेक्जेन्डर गोलोभिन र डेनिस चेरिशेभले गोल गरे ।

स्पेनका लागि आन्ड्रे इनिएस्टा, जेरार्ड पिके र कप्तान सर्जियो रामोसले मात्रै गोल गरे ।

आइत, असार १७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस