लगानीको लागी नेपाल विश्वकै आकर्षक देश, ब्याजकै लागी भए नि बढ्यो लगानी

केही साता नेपाल बसेर फर्किएका ड्यालसका एक स्थानीय नेपालीले बडो घतलाग्दो तथ्य सुनाए। ‘यहाँ (अमेरिकामा) लगानी गरेर जोखिम, अनिश्चितता बोक्नुभन्दा त नेपालको बैंकमा लगेर पैसा राख्यो भने बढी फाइदा हुने रहेछ,’ उनको भनाइ थियो।

उनका अनुसार नेपालका बैंकहरूले मुद्दती खातामा १२ प्रतिशत ब्याज सजिलै दिन थालेका छन्। अमेरिकाबाट एक लाख डलर नेपाल पठाउँदा एक करोड १० लाख रुपियाँभन्दा बढी हुन्छ । त्यसलाई कुनै पनि बैंकको मुद्दती खातामा राख्दा वर्षको १३ लाख रुपियाँ अर्थात् महिनाको एक लाख १० हजार रुपियाँ प्राप्त हुन्छ । तनाव पनि नहुने, जोखिम पनि नहुने कारणले गर्दा आपूmले त्यतातिर सोचिरहेको उनले सुनाए।
हुनत अमेरिकामा एक लाख डलर लगानी गर्ने हो भने नेपालको भन्दा बढी कमाउन सकिन्छ । तर तनाव र उत्तिकै जोखिम हुने भएकाले नेपालमा बैंकमा राख्दा तनाव कम हुने, डुब्ला भन्ने तनाव पनि हुँदैन। तर लगानीकर्ताका अनुसार ब्याजका लागि मात्र नभएर अन्य क्षेत्रमा पनि नेपाल लगानीयोग्य हुँदै गएको छ।

दुई साता पहिले ड्यालसमै एनआरएनका पूर्वअध्यक्ष जीवा लामिछाने भन्दैथिए–‘लगानीको सुरक्षा, प्रतिफलको हिसाबले नेपालजस्तो ठाउँ संसारमा अन्त कतै पनि मैले देखेको छैन।’ उनले आपूmले अहिलेसम्म विदेशमा गरेको लगानीमध्ये सबैभन्दा बढी प्रतिफल र सन्तुष्टि नेपालकै लगानीबाट मिलेको अनुभव सुनाए। आजको नागरिक दैनिकमा खबर छ

मङ्ल, असार १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस