उपाधि दाबेदार ब्राजिल भर्सेस बेल्जियम कसले मार्ला बाजी ? यस्तो छ दुवै टोलिको इतिहास !

मस्को । धेरैको आँखा अहिले ब्राजिलको टिममा छ । उसले सोमबार साँझ मेक्सिकोलाई हराउँदै अन्तिम आठमा पुगेपछि ब्राजिलप्रति नजर झन बढेको हो । अब ब्राजिलको भिडन्त अन्तिम चार प्रवेशका लागि बेल्जियमसँग हुने छ । समर्थक आजैदेखि यी दुवै टिमबीच हुने खेल हेर्न ब्यग्र प्रतिक्षामा छन् ।

जापानमाथिको रोमाञ्चक जित निकाल्दै बेल्जियम ब्राजिसँग भिड्न तयार भएको हो । सन् १९९० को विश्वकपयता ब्राजिल अन्तिम १६ बाट बाहिरिएको छैन । त्यो बेलादेखि ब्राजिललले हरेक संस्करणमा कम्तीमा क्वार्टरफाइनलसम्म पुगेको छ । पाँच पटकको विश्वविजेता ब्राजिल लगातार सातौंपल्ट विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

‘हेड टु हेड’

बेल्जियम र ब्राजिलले अहिलेसम्म ४ पटक खेलेकोमा ब्राजिल तीनपटक र बेल्जियम एक पटक विजयी भएका थिए । ब्राजिल र बेल्जियमले पहिलोपटक सन् १९६३ मा खेलेका हुन् । त्यो खेलमा ब्राजिललाई बेल्जियमले ५-१ ले हराएको थियो ।

त्यसयताका सबै खेलमा ब्राजिल हावी हुँदै आएको छ । १६ वर्ष यता बेल्जियम र ब्राजिल कुनै प्रतियोगितामा खेलेका छैनन् । सन् २००२ को विश्वकपमा ब्राजिलले बेल्जियमलाई दुई शून्यले हराएको थियो ।

 

मङ्ल, असार १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस