तिब्र आलोचित हुँदै ओली सरकार: पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन सरकार सामन्ती रहेछ !

१९ असार, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकार शोषक सामन्तीको पक्षमा उभिएको टिप्पणी गरेकी छन् ।राजधानीमा मंगलबार आयोजित कार्यक्रममा उनले माइतीघर मण्डला लगायतको स्थानमा प्रदर्शनमा रोक लगाएकोमा विरोध गरिन् ।

डा.गोविन्द केसीले गरीब जनताको छोराछोरी र तिनको स्वास्थ्यका लागि लडेको भन्दै उनले प्रश्न गरिन् ‘के यो नाजायज हो र ?’

केदारभक्त माथेमा आयोगको प्रतिवेदन विपरीत चिकित्सा शिक्षा विधेयक ल्याएर सरकारले शोषक सामन्ती व्यापारीहरुलाई सहयोग गरेको भन्दै पूर्वन्यायाधीश कार्कीले भनिन् ‘तपाईं त सामन्ती हुनुहुँदो रहेछ ।’

उनले गंगामाया अधिकारीको अनशनलाई वेवास्ता गरेकोमा पनि सरकारपति आक्रोश पोखिन् ।

 

मङ्ल, असार १९, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस