विश्वकपमा जम्मा ८ देश बाकीं, कहिले को संग भिड्दै छन् ? हेर्नुहोस

मस्को : रुसमा जारी फिफा विश्वकपको २१ औं संस्मरण अन्तरगत मंगलबार रातिको खेलपछि प्रिक्वाटरफाइलनका खेल सकिएका छन् । विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये समूह चरणबाटै १६ र अन्तिम १६ बाट ८ गरी २४ टोली प्रतियोगिताबाट बाहिरीसकेकेका छन् ।

अब ८ राष्ट्र मात्र रुस विश्वकपको उपाधि दावेदारका रुपमा रहेका छन् । आयोजक रुससहित, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, बेल्जियम, इङ्ल्याण्ड र स्वीडेन प्रतिस्पर्धामा रहेको छन् ।
अब क्टाटरफाइलनका खेल आगामी शुक्रबार २ वटा र शनिबार २ वटा हुनेछन् ।

यस्तो हुँदैछ सेमिफाइलन प्रवेशका लागि भिडन्त

१.उरुग्वे–फ्रान्स, जुलाई, ६

२.ब्राजिल–बेल्जियम, जुलाई, ६

३.स्वीडेन–इङ्ल्याण्ड, जुलाई, ७

४.रुस–क्रोएसिया जुलाई, ७

फाइलन खेल जुलाई १५(असार ३१ ) मा हुँदैछ

बुध, असार २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस