नेपाल लाइफ इन्सोरेन्स बाहेक अन्य कम्पनीले पुर्याउन सकेनन बिमा समितिले तोकेको चुक्ता पूँजी

काठमाडौं : बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन नेपाल लाइफ इन्सोरेन्स कम्पनी बाहेक अन्य जीवन बिमा कम्पनीहरुलाई असम्भव प्राय देखिएको छ ।

बिमा समितिले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बिमालाई २ अर्ब र निर्जीवन बिमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो तर अहिलेसम्म जीवन बिमा कम्पनीहरुमा नेपाल लाइफ इन्सोरेन्स कम्पनी बाहेक अन्य कुनै कम्पनीले पनि बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन सकेका छैनन । त्यसैगरी निर्जीवनमा हिमालयन जनरल तथा शिखर इन्सुरेन्सको मात्र तोकिएको चुक्ता पुँजी पुगेको छ ।

नेपाल लाइफले बिमा समितिको निर्देशन आउनु भन्दा पहिले नै २ अर्ब भन्दा बढी पुँजी पुर्याइसकेको थियो हाल नेपाल लाइफको चुक्ता पुजी ३ अर्ब ९ करोड ६४ लाख २९ हजार रुपैयाँ पूँजी पुगिसकेको छ । यो समितिले तोकेको भन्दा करिव १ अर्व १० करोड बढी हो ।

समितिको निर्देशन पालना गर्नका लागि अधिकाशं बिमा कम्पनीहरुले हकप्रद र बोनस सेयरको सहरा लिएका थिए तर पनि तोके बमोजिमको चुक्ता पुँजी पुर्याउन सकेनन् ।

जीवन बिमा तर्फ नेपालमा रहेका १८ वटा कम्पनीहरु मध्य पाच वटा कम्पनी सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थान, गुरास लाइफ इन्सोरेन्स, प्राइम लाइफ इन्सोरेन्स, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स ले त बिमा समितिले तोकेको पुजीको ५० प्रतिशत पनि पुर्याउन सकेका छैनन् ।

बुध, असार २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस