डा. रामकृष्ण निरौलाको ‘काजीको घोडा’ नामको लिरिकल गीत सार्वजनिक

सुनौलो नेपाल – बिगत सात बर्ष देखी अष्ट्रेलियामा बसेर अध्यन अध्यापन गराउदै नेपाली संगीत क्षेत्रलाई समेत निरन्तर योगदान गर्दै आउनु भएका डा रामकृष्ण निरौलाको आवाजमा ‘काजीको घोडा’ नामको सुमधुर लिरिकल गीत सार्वजनिक भएको छ ।

यस भन्दा अगाडी पोप भजनमा आवाज दिनुभएका डा निरौलाको आवाजमा सो लिरिकल गीत मायालु इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरीएको छ ।

भुवन सिवाकोटी शब्द रचना आर सी थापाको संगीत रहेको गीतलाई मोहित मुनालले एरेन्ज गरेका छन् ।

चलचित्र शैलीको काजीको घोडा लोक पप यो गीतको म्युजिक भिडियो अहिले बनीसकेको छ भिम फेदी गाइज सम्मिलित म्युजिक भिडियोमा नेपाली सिने जगतकी चर्चित नायिका स्वस्तिमा खडका सहित १० जना अन्य कलाकार र घोडाको समेत अभिनय छ सम्भवत यो अहिलेसम्मकै धेरै चर्चित कलाकारले एउटा भिडियोमा अभिनय गरेको पहिलो हो ।

हेर्नुहोस काजीको घोडा

बुध, असार २०, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस