ओली सरकारको निर्णयले शशस्त्र प्रहरीका ५ एआइजीको बढुवा खारेज, को को परे

असार २१, काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ ।

बुधबार राति अबेर सकिएको मन्त्रिपरिषद् बैठकले निर्वाचन आचार संहिता लागू भएपछि गरिएका सबै नियुक्ति बदर गरेको हो ।

जसअनुसार भदौ १४ देखि फागुन २ सम्म भएका सबै राजनीतिक नियुक्तिहरु बदर भएको छ । कसैको नाम नतोकी एकमुष्ट रुपमा गरिएको बदरले शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ ।

त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।

बिहि, असार २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस