देउवा सरकारले बनाएका यी पाँच जना एआइजीको जागिर गयो, हेर्नुस को को परे (सुचिसहित) !

काठमाडौं । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएको सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानीरिक्षक एआइजीहरुको बढुवा खारेज हुने भएको छ । उनीहरुले डीआइजीकै पदमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।

बुधबार साँझको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै सशस्त्रका ५ एआइजीको जागिर जाने निश्चित भएको हो । यसरी जागिर जाने सशस्त्रका पाँच एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।

उनीहरुलाई गएको माघ ७ गते तत्कालीन गृह सचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एक साथ बढुवा गरेको थियो । सशस्त्र प्रहरी हेडक्वार्टरले भने उनीहरु नियमित प्रक्रिया अन्तर्गत बढुवा भएको बताएको छ ।

बिहि, असार २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस