मानव अधिकारकर्मीलाई पनि छोडेन ओली सरकार, यसरी तोडियो माइतीघरको निषेधित क्षेत्र !

२१ असार काठमाडौँ । सरकारले विरोध प्रदर्शन गर्न निषेध गरेको काठमाडौँको माइतीघरबाट मानव अधिकारवादीसहित १२ जनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

विरोध प्रदर्शन गर्ने ठाउँको रुपमा स्थापित माइतीघरमा जारी गरेको निषेधित क्षेत्रमा विरोधमा भएको प्रदर्शनका क्रममा चरण प्रसाईँ, डा. सुरेन्द्र भण्डारी, डा. उद्धव प्याकुरेल, महामुनिश्वर आचार्य, सागर अधिकारी, मनोज अधिकारी, मोहन ज्ञवाली, लोकेन्द्र पोखरेल, लोकराज अवस्थी, विश्व दुवाल, जयराम दाहाल, इन्द्रप्रसाद अर्याललगायतलाई प्रहरीले गिरफ्तार गरेको हो ।

विहीबार विहान माइतीघरसहितका क्षेत्रमा घोषणा गरिएको निषाधाज्ञ फिर्ता लिन माग गर्दै भएको प्रदर्शनको क्रममा उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई अहिले अनामनगर प्रहरी वृत्तमा राखिएको छ ।

हिजोमात्र नेपाली काँग्रेसले माइतीघर मण्डला लगायतका ठाउँहरुमा जारी गरिएको निषाधाज्ञ तोड्ने निर्णय गरेको थियो । बुधबार नेविसंघले पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो ।

साथै, प्रदर्शनकारीले अनसनरत डा. केसी र गंगामायाको जीवन रक्षा गर्न र सरकारले प्रदर्शन गर्न नपाउने भनी माइतीघरलाई निषेधित क्षेत्र तोकेको निर्णय खारेज गर्नुपर्ने नारा लगाएका थिए ।

 

 

बिहि, असार २१, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस