असार २९ देखी रिलिज हुन लागेको फिल्म ‘यो पागल मन’ को अडियो गित सार्वजनिक

यही असार २९ गते नेपाल भरी प्रर्दशन हुन लागेको नेपाली कथानक चलचित्र “यो पागल मन”को युटुयुवमा जुके बक्स मार्फत ४वटा अडियो गित सार्वजनिक गरीएको छ।

४वटा गित मध्यको ‘मार्यो, मार्यो माया ले मार्यो’ गितमा भुवन प्यासी र दुर्गा खरेलको स्वर रहेको छ भने ‘समयमै नचिन्दा तिमो माया’ र टाईटल गित ‘यो पागल मन’ मा अन्जु पन्त र सुरेश लामा को स्वर रहेको छ र पटियाला कुर्ता’ गितमा राजेश पायल राई को स्वर रहेको छ ।

४वटै गितका रचनाकार दयाराम पाण्डे रहेका छन भने संगीत अर्जुन पोखरेलको रहेको छ।यस चलचित्र मा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, राजेश ढुंगाना,एनि कँवर को मुख्य भूमिका रहेका छ भन यस चलचित्रका निर्माता तथा निर्देशक कल्याण अधिकारी हुन।

हेर्नुहोस यस्ता छन् पागल मनका चार गीत

शुक्र, असार २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस