प्रेम सापकोटा सोनु को उत्कृष्ट लय सिर्जनामा तिज गीत जहाजैमा चढेर सार्बजनिक हेर्नुहोस् भिडियो

किस्ना आचार्य रोशनी असार २२/ काठमाडौ – हिन्दु नारिहरुको पर्व हरितालिका तिज नजिकिदै गर्दा यतिखेर कलाकार हरुलाइ आफ्नो तिज कोशेली बनाउन भ्याइ न भ्याइ छ । तिज आउन अझै केही महिना नै बाकी भएपनी धेरै जसो कलाकार ले आफ्नो तिज गीत सार्बजनिक गरिसकेका छ्न् बाकी कलाकार को पनि तयारी अन्तिम भएको जानकारी प्राप्त छ ।

यस्पालिको तिजकै लागि तयार गरेको गीत जहाजैमा चढेर गायक अमृत रेग्मीले हिजो मात्रै सार्बजनिक गरेका छ्न् ।

अमृत रेग्मी र सम्झना भण्डारी को आवाज मा रहेको यश गीत लाई अमृत ले नै लेखेका हुन भने गायक तथा सर्जक प्रेम सापकोटा सोनु ले लय भरेका छन् ।

स्मृति तिमल्सिना गुरुआमाको निर्देशन ,दुर्गा पौडेल को छायांकन र प्रकाश धमला को सम्पादन मा तयार भएको यश गीतको म्युजिक भिडियो मा पछिल्लो समय का अत्यन्तै ब्यस्त गायक तथा मोडल प्रकाश सपूत र सुजाता भट्ट ले कम्मर मर्काएका छन् ।

हेर्नुहोस् भिडियो :

शुक्र, असार २२, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस