यस्तो शर्त राखेर बार्तामा बस्न तयार भए गोविन्द केसी, अब के गर्ला सरकार !

काठमाडौं । चिकित्सा शिक्षा ऐन तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम शुरु हुनुपर्ने लगायत माग राखेर जुम्लामा आमरण अनशनरत डा. गोविन्द केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् । केसीले बुधबार प्रेस विज्ञप्ति गर्दै ‘यतिका दिनसम्म संवेदनहीन र गैरजिम्मेवारीपूर्ण रुपमा माग पूरा गर्न कुनै पहल नगरेको सरकारका तर्फबाट जिम्मेवार व्यक्तिहरुले हामी वार्तामा आउन नचाहेको भनेर दिएको अभिव्यक्तिप्रति हाम्रो ध्यानाकर्षण भएको र ‘आफू कुनै पनि बेला वार्ताका लागि तयार रहेको बताएका छन् ।
वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ विभिन्न सञ्चार माध्यमबाट सुन्नमा आएकाल केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् । केसीले सरकार तयार भएको अवस्थामा तत्काल वार्ता टोली पठाउने समेत प्रष्ट पारेका छन् ।
उनले दलीय वा अन्य स्वार्थ वा पूर्वाग्रह छाडेर तीन करोड नेपालीको हित सुनिश्चित हुने गरी सोच्न पनि उनले सरकारलाई सुझाएका छन् । डा. केसी अनशन बसेको आज १२ दिन पुगेको छ । उनको स्वास्थ्य बिग्रिँदै गएको छ ।

 

बुध, असार २७, २०७५ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस